ताजा समाचार


सुनसरीमा एकहप्ता निषेधाज्ञा

द रियल समाचार     २०७८ बैशाख १६, बिहीबार, १६: २९ मा प्रकाशित




धरान । कोरोना संक्रमण फैलिँदै गएपछि सुनसरीमा पनि स्थानीय प्रशासनले शुक्रवार रातिदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको छ ।

कोरोना फैलिँदै गएपछि सुनसरीका १२ वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकबाट कोरोना नियन्त्रण प्रभावकारी बनाउन शुक्रवार राति १२ बजेदेखि वैशाख २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको ढकालले बताए ।

प्रजिअ ढकालका अनुसार जिल्लाका प्रमुख सहरहरु इटहरी, धरान, इनरुवा, दुहबी, रामधुनी, बराह क्षेत्र, कोसी भोक्राहा नर्सिङ, हरिनगरा, बुर्जुसहितका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

ढकालले निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई हिँडडुल गर्न र गाडी चलाउन रोकिएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई सक्रमण ऐन अनुसार कारबाही गरिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top