ताजा समाचार


कोरोनाको ‘इन्डियन भेरियन्ट’ विश्वका १७ देशमा पुग्यो

द रियल समाचार     २०७८ बैशाख १६, बिहीबार, १५: १० मा प्रकाशित




एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको ‘इन्डियन भेरियन्ट’ विश्वका १७ देशमा पुगेको जनाएको छ । डब्ल्यूएचओका अनुसार विश्वभर थपिएका संक्रमितमध्ये ४२ प्रतिशत केवल भारतका मात्रै छन् ।

पछिल्लो पटक २४ घण्टामा भारतमा ३ लाख ७९ हजार २ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले इन्डियन स्ट्रेन अथवा बी.१.६१७ भेरियन्ट (डबल म्युटेसन भेरियन्ट) का कारण भारतमा लगातार कोरोना संक्रमण बढेको बढ्यै छ । कोरोनाले त्यहाँको स्वास्थ्य प्रणालीले नै अस्तव्यस्त बनाइदिएको छ ।

भारतमा भैरहेको लगातारको डर लाग्दो संक्रमणलाई डब्ल्यूएचओले ’भेरियन्ट अफ इन्टरेस्ट’ घोषणा गरेको छ । डब्लुएचओका अनुसार पछिल्लो पटक भारतीय बहुल फिजीमा पनि कोरोनाको ’इन्डियन भेरियन्ट’ भेटिएको छ । डब्लूएचओका अनुसार विश्वमा बितेको साता मात्रै कोरोनाबाट ५७ लाख ८९ हजार बढी संक्रमित भएका छन् । उक्त तथ्यांक पहिलेको कोरोना लहरभन्दा अत्यधिक धेरै हो ।

विश्वभर कोरोना संक्रमित १५ करोड नाघिसकेका छन् । हालसम्म ३१ लाख ७८ हजार मानिसले ज्यान गुमाएका छन् । १२ करोड ७८ हजार बढी मानिस निको भइसकेको अवस्था छ । अहिले पनि विश्वभर एक करोड ९३ लाख बिरामीको उपचार जारी छ ।

संक्रमितमध्ये एक करोड ९२ लाख मानिसमा कोरोनाको सामान्य लक्षण देखिएको छ । अन्य १ लाख १० हजारको अवस्था गम्भीर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top