ताजा समाचार


सप्तरीका कोरोना संक्रमित एक युवकको धरानमा मृत्यु

द रियल समाचार     २०७८ बैशाख १६, बिहीबार, १४: ५९ मा प्रकाशित




सप्तरी । सप्तरीका कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर कृष्णासवर गाउँपालिका–५ का २४ वर्षीय युवक रहेको बताइएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सो युवकको बिहीवार विहान मृत्यु भएको हो ।
वैशाख ९ गते संक्रमण पुष्टि भएपछि उनलाई १३ गते प्रतिष्ठानस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

मधुमेहका विरामी समेत रहेका युवकको उपचारकै क्रममा बिहीवार सवा १२ बजेको समयमा मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top