ताजा समाचार


बाँकेमा पछिल्लो १४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु

द रियल समाचार     २०७८ बैशाख १६, बिहीबार, १४: ०९ मा प्रकाशित




बाँके । बाँकेमा पछिल्लो १४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । बुधबार राति ८ः५५ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म बाँकेका ६ जना तथा कैलाली र बर्दियाका १÷१ जना गरी ८ जनाको मृत्यु भएको हो ।

बिहीबार बिहान पुनः आधा घण्टाको फरकमा थप दुई जनाको मृत्यु भएसँगै पछिल्लो १४ घण्टामा कोरोना संक्रमणबाट बाँकेमा १० जनाको मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा कैलालीको टिकापुर नगरपालिका–१ की ५२ वर्षीया महिला र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको आधा घण्टाको फरकमा मृत्यु भएको हो ।

कैलालीकी ५१ वर्षीया महिलाको बिहीबार बिहान १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो भने नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार बिहान साढे १० बजे मृत्यु भएको ओलीले बताए ।

सो महिलामा वैशाख १४ गते गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो । ३३ वर्षीय पुरुषको वैशाख १३ गते गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top