ताजा समाचार


कञ्चनपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ बैशाख १६, बिहीबार, १३: ५१ मा प्रकाशित




धनगढी । कञ्चनपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो ।

महाकाली अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय पुरुष र दोधाराचाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।

यस्तै एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया संक्रमित महिलाको पनि मृत्यु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top