ताजा समाचार


सेती प्रादेशिक अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ बैशाख १६, बिहीबार, १३: ४७ मा प्रकाशित




धनगढी । सेती प्रादेशिक अस्पतालस्थित कोभिड अस्थायी अस्पतालमा उपचार गराईरहेका थप दुईजना कोरोना संक्रमितको मृत्युु भएको छ ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका– १० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरूष रहेको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बुधबार अस्पताल भर्ना भएका घोडाघोडीका संक्रमितको आइसियूमा उपचार भइरहेको थियो । श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उनलाई निमोनिया समेत भएको थियो ।

लम्कीचुहाका संक्रमित बैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि निमोनिया रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top