ताजा समाचार


पूर्वराजा दम्पत्तीको अक्सिजनको मात्रा बढाइयो

द रियल समाचार     २०७८ बैशाख १६, बिहीबार, १३: ३० मा प्रकाशित




काठमाण्डौ । कोरोना संक्रमणपछि उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मीको अक्सिजनको मात्रा बढाइएको छ ।

कोरोना संक्रमित पूर्वराजा दम्पती अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् । नर्भिकका डाक्टर जेपी जैसवालले अक्सिजनको मात्रा बढाइएको बताए । उनले भने,‘दुवैजनालाई अक्सिजनको मात्रा बढाइएको छ । अबको साता दश दिनमा डिस्चार्ज गर्न सकिन्छ ।’

वैशाख ७ गते दुवैजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । दुवैजना भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किएका थिए ।

नेपाल फर्किनुभन्दा पहिला शाह दम्पतीले शनिबार दिल्लीमा कोरोना परीक्षण गरेका थिए । रिपोर्ट नेगेटिभ आएको थियो । स्वदेश फर्किएपछि सोमबार पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top