ताजा समाचार


भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा संक्रमण पुष्टि

द रियल समाचार     २०७८ बैशाख १५, बुधबार, १७: ५८ मा प्रकाशित




काठमाण्डौ । बाँकेको भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका नर्सिङ अफिसर इश्वरी केसीका अनुसार ८ जना प्यारामेडिक्स, ३२ जना नर्सिङ कर्मचारीसहित ७५ जनामा संक्रमण पुष्टि भएको हो । दुई सातायता ७५ जनामा संक्रमण देखिएको उनले बताइन् ।

संक्रमण भएका चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरु होमआइसोलेसनमा रहेको र केही कर्मचारी भने अस्पतालकै आइसोलेसनमा रहेको उनले बताइन् । अस्पतालमा अहिले २४२ जना संक्रमित उपचाररत रहेको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘आईसीयूमा ७५, भेन्टिलेटरमा ९ र अन्य आइसोलेसन बेडमा उपचाररत छन् । जसमध्ये ७५ देखि ८० प्रतिशत बिरामीलाई अक्सिजन दिनुपरेको छ । एक जनाले २० जना बिरामीलाई हेर्नुपरेको छ ।’

कोरोना संक्रमितले अस्पताल भरिभराउ हुँदा उपचारमा समस्या आएको भन्दै चिकित्सकहरुले यस्तो भयावह स्थितिको सामना गर्न नसक्ने बताएका थिए । त्यसलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top