काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१३ हजार ८ सय ७९ जनाको पीसीआर र ९ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा पीसीआर मार्फत ४ हजार ७ सय ७४ र एन्टिजेन मार्फत १ सय २३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ पुगेको छ । आज काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भक्तपुरमा २ सय ३२, ललितपुरमा ३ सय ५१ र काठमाडौँमा १ हजार ४ सय ६४ जना संक्रमित थपिएका हुन् ।
कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया