ताजा समाचार


महोत्तरीमा आगोमा जलेर सात महिने बालकको मृत्यु

द रियल समाचार     २०७८ बैशाख १५, बुधबार, १६: ४४ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीमा आगोमा जलेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको पिपरा गाउँपालिका–५ मा आगोमा जलेर आज बिहान एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय श्रवण यादवको ७ महिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

गएराति ९ बजे भुइँमा लगाइएको ओछयानमा बालक सुतिरहेको अवस्थामा ओछयान नजिकै बालेर राखिएको दियो बालकले हातगोडा चलाउँदा लडेर ओछयानमा आगो सल्किन गई बालकको शरीरको दाहिने भाग जलेर गम्भीर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि गएराति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा आज बिहान उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top