ताजा समाचार


एमालेको अवरोधका कारण कर्णाली प्रदेशको आजको बैठक स्थगित

द रियल समाचार     २०७८ बैशाख १५, बुधबार, १६: १५ मा प्रकाशित




सुर्खेत । नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभाको आजको बैठक स्थगित भएको छ ।

वैठक सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले कोरोना महामारी रोकथामका लागि सरकारले निषेध आदेश जारी गरेका बेला संसद सञ्चालन हुँन नसक्ने बताए ।

उनले भने, ‘कोरोना महामारीले जनता लकडाउनमा छन्, कोठाभित्र थुनिएका छन्, यस्तो अवस्थामा संसद चलाउनुको औचित्य हुँदैन, सदन यही स्थगित गर्न हामी आग्रह गर्दछौं ।’

एमालेका सांसदको अवरोधपछि सभामुख राजबहादुर शाहीले पटक–पटक बैठक सञ्चालनका लागि दलीय सहमतिका लागि आग्रह गरे । तर, सभामुखको आग्रह नमाने पछि बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top