ताजा समाचार


चितवनमा भोलीदेखि १५ दिनसम्म निषेधाज्ञा

द रियल समाचार     २०७८ बैशाख १५, बुधबार, १६: ११ मा प्रकाशित




चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा १५ दिनसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन समितिको बैठकले चितवनमा वैशाख १६ गते राती १२ बजेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चितवनमा कोरोना संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा लगाउने निर्णय गरिएको बताए । उनले जिल्लामा कोरोना संक्रमणको अवस्था हेरेर थप निर्णयहरु गरिने बताए ।

चितवनमा आजसम्म कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ सय ८५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top