ताजा समाचार


लाइसेन्सको अनलाइन आवेदन र ट्रायल अनिश्चितकालका लागि बन्द

द रियल समाचार     २०७८ बैशाख १५, बुधबार, १५: ५९ मा प्रकाशित




जनकपुरधाम । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन र ट्रायल अनिश्चितकालका लागि बन्द भएको छ । सरकारले वैशाख १६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि दुवै सेवा बन्द गरेको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भुषालले विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण १६ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द भएको जानकारी दिए ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले काठमाडौं उपत्यकामा ट्रायल सेवा बन्द भएको जानकारी दिए । उपत्यकाबाहेकका स्थानमा भने यो सेवा निरन्तर चल्ने उनले बताए ।

यता, जनकपुरधामस्थित यातायात कार्यालयले समेत बुधबार अपराह्नसम्म अनलाइन आवेदन मात्र लिने जनाएको छ । बिहीबारदेखि जनकपुरमा अनलाइन आवेदन नलिने तर ट्राइल लिइरहने एक कर्मचारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top