ताजा समाचार


वीरगञ्जमा थप दुई कोरोना संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ बैशाख १५, बुधबार, १५: ५२ मा प्रकाशित




पर्सा । वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा सर्लाहीका ४३ वर्षीय पुरुष र बाराकी ३० वर्षीया महिला छन् ।

अस्पतालका अनुसार धनकौल गाउँपालिका–४ बस्ने ४३ वर्षीय पुरुषको गएराति १ बजेर ४० मिनेटमा मृत्यु भएको हो । पुरुषलाई मंगलबार अस्पताल भर्ना गरेपछि स्वाब परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस्तै बाराको सुवर्ण गाउँपालिका– ७ की ३० वर्षीया महिलाको गएराति सवा १२ बजे मृत्यु भएको छ । दुई दिनअघि नारायणी अस्पतालमा भर्ना भएकी ती महिलाको सोमबार पोजेटिभ रिपोर्ट आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top