ताजा समाचार


गायक प्रशान्त तामाङलाई मातृशोक

द रियल समाचार     २०७८ बैशाख १५, बुधबार, १५: ४६ मा प्रकाशित




काठमाण्डौ । गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । प्रशान्तले आमासँगको तस्बिर सार्वजनिक गर्दै भावुक स्टाटस लेखेका छन् । उनले आमा गुमाएको स्वीकार गर्न वर्षौं लाग्न सक्ने उल्लेख गरेका छन् ।

प्रशान्तलाई चलचित्रमा भित्र्याउने निर्देशक नारायण रायमाझीले प्रशान्तकी आमाको मृत्युपछि समवेदना सहितको लामो स्टाटस लेखेका छन् ।

उनले लेखेका छन्, ‘हार्दिक श्रद्धाञ्जलि आमा ! हजुरले आफ्नो कोखबाट जन्म दिएको सपुत जसले संसार भरिका नेपालीहरूको मनलाई एकैठाउँमा बनाएको त्यो क्षण, पाल्पाली ढाकाको टोपी छोराको शिरमाथि पहिराइ दिँदा सारा नेपालीको शीर सगरमाथा जस्तै उच्च भएको त्यो क्षण, हजुरले प्रशान्तलाई जन्म दिनुभएको थियो र त म पनि चलचित्र निर्देशक नारायण रायमाझी भएर चिनिने अवसर प्राप्त गरेको थिएँ । हजुरले यति चाँडो यो सन्सार छोडेर जानुहुन्छ जस्तो एक रति पनि लागेको थिएन र अझै पनि विश्वास लागेको छैन । विधिको विधान कसैले रोकेर रोकिँदैन रहेछ । वैकुण्ठ बास होस् आमा, हजुरको आत्माको चिर शान्तिको कामना छ । प्रिय प्रशान्त हामी सबै चलचित्र (परदेशी २) परिवारको समवेदना छ है धैर्य गर्नु !’

सन २००७ मा ‘इन्डियन आइडल सिजन–३’को उपाधि जितेका प्रशान्तले थुप्रै नेपाली गीत गाएका छन् । उनले ‘गोर्खा पल्टन’, ‘निसानी’ र ‘परदेशी’ फिल्ममा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top