सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले सपथ ग्रहण गराएका हुन् ।
यसअघि एमाले संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत मागेका थिए । जसमा एमालेका चारजना सांसदले पार्टीको फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । तीमध्ये प्रकाश ज्वाला बाहेक अन्य तीनजना मन्त्री भएका हुन् ।
बुधबार दिउँसो एक बजे उनीहरुले सपथ खाएका हुन् । फ्लोर क्रस गरेको भन्दै एमाले संसदीय दल कर्णाली प्रदेशले सांसद पदबाट पदमुक्त गरेपछि मन्त्रीपदबाट मुक्त भएका उनीहरुलाई पुनर्नियुक्ति गरी सपथ खुवाइएको हो ।
प्रतिक्रिया