ताजा समाचार


काँग्रेसका केही नेताहरुमा कोरोना पुष्टि भएपछि केन्द्रीय समिति बैठक स्थगित

द रियल समाचार     २०७८ बैशाख १५, बुधबार, १५: ३५ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसका केही नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

बुधबार दिउँसोका लागि बोलाइएको बैठक केही नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि स्थगित गरिएको सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले बताए ।

केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठसहित कार्यालय सहयोगी, पिएसओ लगायतमा कोरोना संक्रमण पुष्टि भएको देउवाले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोरोना संक्रमण बढिरहेको बेला ठूलो संख्यामा भेला भएर बैठक रोक्नु परेको बताए ।

उनले भने, ‘आजका लागि निर्धारित नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ, बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु र केन्द्रीय कार्यालयकै कर्मचारीहरु पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तो स्थितिमा कोरोनाको तीब्र संक्रमण बढिरहेको बेला ठूलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगित गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top