ताजा समाचार


एस.एम.स्कुलले अभिभावकको निगरानीमा वैकल्पिक मुल्याङ्कन विधि अपनाई परीक्षा सञ्चालन गर्दे

द रियल समाचार     २०७८ बैशाख १४, मंगलवार, १८: ४९ मा प्रकाशित




जनकपुरधाम । कोरोना संक्रमण नियन्त्रण एवं रोकथामका लागि सरकारले निजी तथा सामुदायिक विद्यालयहरु बन्द गरेको छ ।

विद्यालयदेखि विश्वविद्यालयसम्मको पढाइ र परीक्षा सबै बन्द छन् । यस्तो अवस्थालाई दृष्टिगत गर्दै जनकपुरधामस्थित एस.एम.स्कुलले विद्यार्थीको घरमै गएर परीक्षा सञ्चालन गर्न लागेको छ ।

कोरोनाको यस विषम परिस्थितिमा बालबालिकाको घरमै पुगेर परीक्षा सञ्चालन गर्न लागिएको एस.एम. स्कुलका सञ्चालक दिपक ठाकुरले बताए ।

उनले भने, ‘कोभिड–१९ अप्रत्याशित रुपमा अनियन्त्रित भईरहेको अवस्थामा सम्पूर्ण विद्यालयहरु बन्द भएका छन् । हामि एस.एम.परिवारद्वारा भौतिक रुपमा विद्यार्थीहरुलाई स्कुलमा उपस्थित नगराई उनीहरुको घरमा उनका अभिभावकको निगरानीमा वैकल्पिक मुल्याङ्कन विधि अपनाई परीक्षा सञ्चालन गर्ने निर्णय गरेका छौं ।’

विद्यार्थीहरुको घर घरमा शिक्षकहरु गई सामाजिक दुरी कायम गरेर नर्सरी कक्षादेखि ९ कक्षासम्मका विद्यार्थीसँग उनीहरुको अभिभावकको निगरानीमा परीक्षा लिइने उनले जानकारी दिए । कक्षा ८ र १० का विद्यार्थी यस परीक्षामा सहभागी नहुने उनले बताए ।

यस्तो समयमा बालबालिकाहरु घुम्ने, खेल्ने, मोबाइल चलाउने, अभिभावकलाई सताउने सम्भावना धेरै भएतापनि यस कार्यक्रमले गर्दा बालबालिकामा सकारात्मक परिवर्तन आउने सञ्चालक ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top