ताजा समाचार


कोरोना संक्रमण बढ्दै, प्रदेश सरकार हार्मोनियम बाँड्नमा व्यस्त

द रियल समाचार     २०७८ बैशाख १४, मंगलवार, १७: ५८ मा प्रकाशित




जनकपुरधाम । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गरिव तथा विपन्नहरुलाई खान लाउन समस्या सुरु भएपनि प्रदेश सरकार भने धार्मिक संघसंस्थाहरुलाई हार्मोनियम बाँड्न व्यस्त भएको छ ।

कोरोना महामारीले विकराल रुप लिएपनि प्रदेश सरकारले यसको रोकथाम एवं नियन्त्रणका लागि खासै पहल नगरेपनि धार्मिक संघसंस्थाहरुलाई हार्मोनियम, मादललगायतका सामग्रीहरु बाँड्न पहल सुरु गरेको हो ।

प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले धार्मिक संघसंस्थाहरुलाई वस्तुगत सहयोगका लागि लाभग्राही छनोट सम्बन्धी ७ दिने सूचना प्रकाशन गरेको देखिएको छ ।

प्रदेशका जनताहरु कोरोना महामारीको चपेटामा परिरहेको अवस्थालाई कुनै ख्याल नै नगरि यस्तो समयमा पनि सो मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रम अनुसार धार्मिक संघसंस्था, मठमन्दिर, किर्तनमण्डली, नाट्यकला समुह, गायन मण्डली, नृत्य समुहहरुलाई हार्मोनियम, मादल, झ्यालीलगायतका सामग्रीहरु वस्तुगत सहयोग गर्न लागेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने सुभाष गुप्ताले भने,‘कोरोना महामारीको यस विषम परिस्थितीमा प्रदेशका जनताहरु आफ्नो ज्यान जोगाउन लागिपरेका छन् । प्रदेश सरकारको कुनै भर छैन् । तर सरकार भने हार्मोनियम र मादल बाँड्नु हास्यास्पद कुरा हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top