काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५ सय भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३ सय ६४ र १ हजार ९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६० जना गरी कुल ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण मंगलबार देशभर थप १८ जनाको मृत्यु भएको छ । योसँगै देशभरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ ।
प्रतिक्रिया