ताजा समाचार


स्वास्थ्य क्षेत्रका कर्मचारीमा आलोपालो प्रणाली लागु गरिने

द रियल समाचार     २०७८ बैशाख १४, मंगलवार, १७: ११ मा प्रकाशित




काठमाण्डौ । सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने निर्णय गरेको छ ।

मंगलबार स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय बैठकले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यस्तै उपलब्ध स्वास्थ्य शैय्या, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित गर्ने निर्णय समेत गरेको मन्त्रालयले जनाएको छ । तर आकस्मिक उपचार भने सुनिश्चित गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले सघन उपचार तथा आकस्मिक उपचार सम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top