ताजा समाचार


पूर्वराजा शाह दम्पत्तीलाई अक्सिजनको सपोर्टमा उपचार जारी

द रियल समाचार     २०७८ बैशाख १४, मंगलवार, १६: ५८ मा प्रकाशित




काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार भईरहेको छ ।

पूर्वराजा दम्पत्तीलाई नर्भिक इन्टरनेशनल अस्पतालमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको बताइएको छ । कोरोना संक्रमित भएपछि पूर्वराजा दम्पत्ती वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए ।

कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने उद्देश्यले पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन । उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top