ताजा समाचार


दिल्लीले १८ ट्याङ्कर अक्सिजन र २१ अक्सिजन प्लान्ट फ्रान्सबाट मगाउने

द रियल समाचार     २०७८ बैशाख १४, मंगलवार, १६: ४९ मा प्रकाशित




एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सरकारले १८ ट्याङ्कर अक्सिजन र २१ अक्सिजन प्लान्ट फ्रान्सबाट मगाउने निर्णय गरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री केजरीवालले भने, ‘दिल्ली सरकारले अठार ट्यांकर अक्सिजन बैंककबाट झिकाउने निर्णय गरेको छ । भोलिबाटै ट्यांकर आउनेछन् । हामीले एयर फोर्स जहाज प्रयोग गर्नका लागि अनुरोध गरेका छौँ । कुरा भइरहेको छ, म आशावादी छु कि यो काम फत्ते हुनेछ । ’

यसैगरी केजरीवालले फ्रान्सबाट अक्सिजन प्लान्ट झिकाउने बारेमा बोल्दै भने, ‘हामीले २१ वटा तयारी अक्सिजन प्लान्ट फ्रान्सबाट झिकाउँदै छौँ । जसलाई चाँडै नै प्रयोगमा ल्याउन सकिनेछ । अक्सिजन प्लान्ट विभिन्न अस्पतालमा राखिनेछ । जसले अस्पतालमा अक्सिजनको कमी हुने छैन ।’

उनले बितेको तीन दिनमा दिल्लीमा कोरोना भाइरसको नयाँ तरंगले हालत एकदमै नाजुक बनाएको जानकारी दिए । ‘हामी सबै यस भाइरसविरुद्ध सँगै लड्नुपर्ने हुन्छ । हामी एक भएमा मात्र यो नयाँ तरंगमाथि जित हासिल गर्न सक्छौँ’, केजरीवालले थपे ।

दिल्लीमा सोमबार मात्रै २० हजार २०१ नयाँ संक्रमित थपिएका थिए । यससँगै दिल्लीमा १ लाख ४७ हजार ९१६ जनामा संक्रमण देखिएका छन् । बितेको २४ घन्टामा ३८० जनाले ज्यान गुमाएका छन् । दिल्लीमा ९२ हजार ३५८ सक्रिय संक्रमित छन् ।

दिल्लीमा हालसम्म कोरोना भाइरसबाट १४ हजार ६२८ जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top