ताजा समाचार


पिसिआर परीक्षणको शुल्क बढी नलिन स्वास्थ्य मन्त्रालयको आग्रह

द रियल समाचार     २०७८ बैशाख १४, मंगलवार, १६: ४३ मा प्रकाशित




काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणको शुल्क बढी नलिन आग्रह गरेको छ । केही प्रयोगशालाले विभिन्न बहानामा थप शुल्क लिने गरेको गुनासो बढेपछि त्यस्तो नगर्न मन्त्रालयले चेतावनी दिएको हो ।

निजी प्रयोगशालाका लागि २ हजार र सरकारीका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । त्योभन्दा बढी लिएको पाइएमा प्रयोगशालाको परीक्षण सूचीबाट हटाउने मन्त्रालयले चेतावनी दिएको छ ।

बढी शुल्क लिने प्रयोगशालालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत नेपाल सरकार प्रमुख विशेषज्ञ स्तरीय निर्णयअनुसार परीक्षणको सूचीबाट हटाइने मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।

अहिले देशभरका ८६ प्रयोगशाला सञ्चालनमा रहेका छन् । जसमा ५० वटा सरकारी र ३६ वटा निजी रहेका छन् । तीमध्ये ६७ प्रयोगशालाले मात्र पिसिआर परीक्षण गराउँदै आएका छन् । बाँकी प्रयोगशालाले तत्काललाई पिसिआर परीक्षण बन्द गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top