ताजा समाचार


जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जनामा कोरोना पुष्टि

द रियल समाचार     २०७८ बैशाख १४, मंगलवार, १६: २० मा प्रकाशित




कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीका अनुसार ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण देखिएको हो ।

उनले थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयमा कडाइ गरिएको जानकारी दिए । उनले भने,‘प्रमुख जिल्ला अधिकारीको निर्देशन अनुसार कार्यालयमा हुने भीड नियन्त्रण गरेका छौँ । विगतमा एउटै कामका लागि ४–५ जना आउने गरेका थिए । अहिले एक जनालाई मात्रै प्रवेश गर्न दिएका छौँ ।’

उनले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको पनि परीक्षण गरिने बताए । पछिल्लो समय कैलालीमा कोरोना संक्रमण तिब्र भएको छ ।
कैलालीमा वैशाख १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्ने तयारी भएको छ । जिल्लामा उच्चदरमा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र कैलालीले एक सातासम्म निषेधाज्ञाको तयारी गरेको हो ।

जिल्लामा सोमबारदेखि ‘नाइट लकडाउन’ जारी भएको थियो । यस्तै सार्वजनिक सवारी साधन जोर–बिजोर प्रणालीमा सञ्चालन भइरहेका छन् भने, जिल्लाका सबै शैक्षिक संस्था बन्द गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top