ताजा समाचार


पत्रकार मेहताको ६७ वर्षको उमेरमा निधन

द रियल समाचार     २०७८ बैशाख १४, मंगलवार, १६: १४ मा प्रकाशित




सप्तरी । सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा निधन भएको छ ।

आइतबार राति एक पटक पखाला लागेर अस्वस्थ रहेका पत्रकार मेहता बिहान नुहाएर नास्ता खाएका थिए । नास्ता खाएर फेरि सुतेका उनको सोही अवस्थामा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

पञ्चायतकालदेखि नै प्रेस मजदुर रही नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का सदस्य मेहता पत्रिकाको हकर, व्यवस्थापक हुँदै पछिल्लो दुई दशकदेखि पत्रकारिता गर्दै आएका थिए । उनी हाल ‘द पब्लिक मेमो’ र ‘सण्डे टाइम्स’ हिन्दी साप्ताहिकमा संवाददाता तथा ‘पूर्व प्रभात’ दैनिकमा व्यवस्थापकका रूपमा कार्यरत थिए ।

त्यसअघि मेहताले विभिन्न पत्रिकामा काम गरेको परिवारका सदस्यहरुले बताएका छन् । उनको दाहसंस्कार गाउँमै गरिएको छ ।

सरल र स्वाभिमानी छवि बनाएका पत्रकार मेहता राजविराज नगरपालिका–९ मलेठ निवासी हुन् । उनको परिवारमा श्रीमती, तीन छोरी र एक छोरा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top