जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा सचिवालयका ३ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभाको बैठक स्थगित भएको छ ।
प्रदेशसभा सचिवालयका ३ जना कर्मचारी संक्रमित भएपछि आज बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक स्थागित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनले प्रदेशसभाको पाँचौ अधिवेशनको तेश्रो वैठक अनिश्चितकालका लागि स्थगित गरिएको बताए ।
करिव ६ महिना पश्चात प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो बैठक चैत ३० गते बसेको थियो । दोश्रो बैठक वैशाख १० गते भएपछि तेस्रो बैठक वैशाख १२ गतेको लागि तय गरिएको थियो । तर, कर्मचारीहरु कोरोना संक्रमित भएपछि बैठक अनिश्चिितकालका लागि स्थगित गरिएको छ ।
प्रदेशसभाको पाँचौ अधिवेशनमा प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रक्रिया सुरु भएको थियो ।
प्रतिक्रिया