ताजा समाचार


प्रहरी हिरासतमा रहेका २० जना थुनुवामा कोरोना संक्रमण पुष्टि

द रियल समाचार     २०७८ बैशाख १४, मंगलवार, १५: १४ मा प्रकाशित




जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । हिरासतमा रहेका ६२ जनाको कोरोना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालकिा प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी दिए ।
उनले थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयमा कडाई गरिएको बताए । ‘प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार विगतमा कार्यालयमा हुने भीड नियन्त्रण गरेका छौ,’ उनले भने, ‘विगतमा एउटै कामका लागि ४र५ जना आउने गरेका थिए । अहिले एक जनालाई मात्रै प्रवेश गर्न दिएका छौ ।’ हिरासतमा रहेका अन्य थुनुवाहरको पनि पीसीआर परिक्षणको तयारी भइरहेको चौधरीले बताए । साथै थुनुवाहरुको सम्पर्कमा आएका प्रहरीहरको पनि कोरोना परिक्षण गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top