ताजा समाचार


नारायाणी अस्पतालमा थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु

द रियल समाचार     २०७८ बैशाख १४, मंगलवार, १४: २८ मा प्रकाशित




वीरगञ्जको नारायाणी अस्पतालमा मंगलबार(आज) थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ का ४० वर्षीया महिला र वीरगञ्ज महानगरपालिका–२५ कि ६५ वर्षीया दुईजना महिलाको मृत्यु भएको हो ।

बाराकी ४० वर्षीया महिलालाई वैशाख ९ गते नारायणी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

सोही दिन भएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार बिहान साढे १ बजेतिर उनको मृत्यु भएको थियो । कडा निमोनियाका कारण उनमा स्वासप्रश्वासको बढी समस्या थियो ।

वीरगञ्जकी महिलालाई वैशाख १३ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । एन्टिजिन विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ३ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

अस्पतालमा ५७ जना संक्रमित रहेकोमा ५ जना डिस्चार्ज पनि भएका छन् । बाँकी ४८ जनाको अवस्था क्रिटिकल नै रहेको डाक्टर दासको भनाइ छ ।

कोरोनाको दोश्रो लहर सुरु भएयता संक्रमणका कारण वीरगन्जमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top