ताजा समाचार


महोत्तरीमा मदर्सा भवन भत्काउने क्रममा एक वृद्धको मृत्यु

द रियल समाचार     २०७८ बैशाख १३, सोमबार, १९: ०५ मा प्रकाशित




महोत्तरी । महोत्तरीमा मदर्सा भवन भत्काउने क्रममा एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको सम्सी गाउँपालिका–२ पर्साका ६५ वर्षीय मन्सुर मोमिन रेहेको महोत्तरी प्रहरीले जनाएको छ ।

सोही ठाउँस्थित पुरानो मदर्सा भत्काउने क्रममा मोमिनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले मन्सुर सोही मदर्सामा काम गर्दै आएको बताए ।

घटनाको प्रारम्भिक अनुसन्धान पश्चात आफन्तले मृतकको शव बुझेर लगेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top