ताजा समाचार


महोत्तरीको बलबा नगरपालिकामा आगलागी, ठुलो क्षति हुनबाट जोगियो

द रियल समाचार     २०७८ बैशाख १३, सोमबार, १८: ५८ मा प्रकाशित




–मनोज कुमार सहनी, कृष्णा मण्डल, महोत्तरी । महोत्तरीको बलबा नगरपालिकामा खाना पकाउने क्रममा एक घरमा आगलागी भएको छ । आगलागीबाट ठुलो क्षति हुनबाट जोगिएको छ ।

बलवा नगरपालिका–६ बलवा बजारस्थित शम्भु भक्त मल्लको काठको दुईतल्ले घरमा आज दिउँसो करिब साढे २ बजेको समयमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको हो ।

खाना पकाउने व्यक्तिले ज्यान जोखिममा पारी साहसका साथ आगो निभाउन सफल भएका थिए । उनलाई स्थानिय युवा र सशस्त्र प्रहरीले सहयोग गरेका थिए । उनीहरुले सोही घरमा रहेको जय कुमार साहको नोवेल ग्यास भण्डारण बचाएपछि ठुलो क्षति हुनबाट जोगिएको छ ।

स्थानीयवासीले नगरप्रमुखले व्यक्तिगत सुविधाका लागि नगरपालिकाको बजेटबाट करोडौंको गाडी खरिद गरेपनि आगलागीबाट बचाउन बारुण यन्त्र र विरामीलाई अस्पताल पुर्याउन एम्बुलेन्स खरिद नगरेकोप्रति दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top