ताजा समाचार


त्रिविका पूर्वनिर्धारित सबै परीक्षाहरु स्थगित

द रियल समाचार     २०७८ बैशाख १३, सोमबार, १६: २५ मा प्रकाशित




काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षाहरु स्थगित गरेको छ ।

सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरिएको जानकारी दिएको छ ।

त्रिविको सूचनामा त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको वार्षिक तथा समेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु सञ्चालित भईरहेका र सञ्चालनको प्रक्रियामा रहेको अवस्थामा कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्चालित तथा सञ्चालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षाहरु यथास्थितीमा सञ्चालन गर्न नसकिने परिस्थिती सृजना भएकोले आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णय अनुसार पूर्वनिर्धारित भए अनुसारको त्रिविद्वारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूूर्ण परीक्षाहरु मंगलबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top