ताजा समाचार


सुर्खेतमा भोलिदेखी एक हप्ता निषेधाज्ञा

द रियल समाचार     २०७८ बैशाख १३, सोमबार, १६: १२ मा प्रकाशित




सुर्खेत । स्थानीय प्रशासनले मंगलबार राती १२ बजेदेखि लागू हुनेगरि सुर्खेतमा निषेधाज्ञा जारी गर्न लागेको छ ।

कोरोना संक्रमण उच्च भएपछि जिल्लाभर निषेधाज्ञा लागु हुन लागेको हो । सोमबार बसेको जिल्ला कोभिड–१९ संटक व्यवस्थापन समितिले कम्तीमा एक हप्ता निषेधाज्ञा गर्ने निर्णय गरेको सुर्खेतका प्रमुख जिल्लाअधिकारी छविलाल रिजालले जानकारी दिए ।

सुर्खेतमा मात्रै तीनसयबढी सक्रिय कोरोना संक्रमित छन् । संक्रमित थपिनेक्रम रोकिएको छैन । दैनिक परीक्षण गरिएका नमूनामध्ये ६० प्रतिशतभन्दा बढीलाई संक्रमण पुष्टि हुँदै आएको छ ।

संक्रमण नियन्त्रणभन्दा बाहिर जाने भएपछि निषेधाज्ञा लागु हुन लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top