ताजा समाचार


नेपाल आइपुगेका विदेशी नागरिकको पीसीआर परीक्षण हुने

द रियल समाचार     २०७८ बैशाख १३, सोमबार, १६: ०६ मा प्रकाशित




काठमाण्डौ । नेपाललाई ट्रान्जिट बनाई विदेश जान आइतबारसम्म नेपाल आइपुगेका विदेशी नागरिकको पीसीआर परीक्षण हुने भएको छ ।

यसअघि मन्त्रालयले आइतबार कुनै मिति नतोकी नेपाललाई ट्रान्जिट बनाइ विदेश जान आएका विदेशीको पीसीआर परीक्षण रोक्न प्रयोगशालाहरुलाई निर्देशन दिएको थियो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय सच्याउँदै सोमबारसम्म नेपाल आएर क्वारेन्टिनमा बसेका र एयर बबल सुविधा अनुसार नेपाल आउनेलाई सःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाउन प्रयोगशालालाई सूचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top