ताजा समाचार


अक्सिजन प्रयोग हुने उद्योगधन्दा बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

द रियल समाचार     २०७८ बैशाख १३, सोमबार, १५: ५२ मा प्रकाशित




काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग हुने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो ।

मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा.समीर कुमार अधिकारीले भारतमा संक्तमणको अवस्था खराब भई अक्सिजन नपाएर संक्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्ने उद्देश्यका लागि त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयलाई आज पत्राचार गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top