ताजा समाचार


जनकपुरका कोरोना संक्रमित एक पुरुषको धरानमा मृत्यु

द रियल समाचार     २०७८ बैशाख १३, सोमबार, १४: १६ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधामका एकजना कोरोना संक्रमित व्यक्तिको धरानमा मृत्यु भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलमा जनकपुरधाम उपमहानगरपालिका–८ का ४८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा आज बिहान सवा ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलकाअनुसार उच्च रक्तचापका बिरामी ती पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।

वैशाख १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top