ताजा समाचार


काठमाडौं उपत्यकामा बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा

द रियल समाचार     २०७८ बैशाख १३, सोमबार, १४: ०२ मा प्रकाशित




काठमाण्डौ । नयाँ भेरियन्टसहित दोस्रो लहरको कोरोना संक्रमण तीव्र रूपमा फैलिंदैगएपछि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लगाउन लागिएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आगामी बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

निर्णयको ड्राफ्ट तयार भईरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top