ताजा समाचार


राजविराजस्थित निजी विद्यालयका ११ प्रिन्सीपल र शिक्षक पक्राउ

द रियल समाचार     २०७८ बैशाख १३, सोमबार, १२: ४२ मा प्रकाशित




सप्तरी । सरकारको निर्णय विपरीत विद्यालय सञ्चालन गर्ने राजविराजका निजी विद्यालयका ११ जना प्रिन्सीपल र शिक्षकहरु पक्राउ परेका छन् ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको विद्यालय बन्दको अवज्ञा गर्दै स्कुल खोलेको भन्दै अनगुमनको क्रममा ११ जना प्रिन्सीपल र शिक्षकहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नम्बर-८ घर भएका लक्ष्मी ईङ्गलिश बोर्डिङ्ग स्कुलका संचालकत्रय राजेश कुमार यादव, बैधनाथ कुमार झा र बुलन्द साह, राजविराज नगरपालिका-५ बस्ने ह्यापी ल्याण्ड माविका संचालक शैलेन्द्र कुमार ठाकुर, सोही ठाउँका जानकी सेकेण्ड्री स्कुलका शिक्षक हरी किसुन राम, लिटल एन्जल बोर्डिङ्ग स्कुलका संचालक नरेन्द्र प्रसाद देव, वडा नम्बर-२ बस्ने पिस जोन स्कुलका संचालक उमाकान्त साह, वडा नम्बर-१ बस्ने सृजना सेकेण्ड्री बोर्डिङ्ग स्कुलका शिक्षक रिमा झा, वडा नम्बर-२ बस्ने लिटिल फ्लावर सेकेण्ड्री स्कुलका संचालक डा.कमानन्द देव,वडा नम्बर-१ बस्ने ग्रिन ईङ्गलिश बोर्डिङ्ग स्कुलका शिक्षक मनोज यादव र बिष्णुपुर गाउँपालिका वडा नम्बर-१ बस्ने सिब्स बोर्डिङ्ग स्कुलका संचालक नरेश साह रहेका छन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमनको क्रममा संचालनमा रहेको विद्यालयका प्रिन्सीपल र शिक्षकहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेर संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गर्ने तयारी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top