ताजा समाचार


जनकपुरमा आज बिहान यात्रुबाहक बसको ठक्करबाट एक महिलाको मृत्यु

द रियल समाचार     २०७८ बैशाख १३, सोमबार, १२: १५ मा प्रकाशित




जनकपुरधाम । जनकपुरमा सोमबार एकाबिहानै यात्रुबाहक बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ बस्ने ६८ वर्षीया बेच्नीदेवी मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मण्डललाई बाटो काट्ने क्रममा सोमबार बिहान ६ बजे जनकपुरधामबाट राजविराज जाँदै गरेको ना ४ ख ८०६१ नम्बरको बसले रामानन्दचोक नजिक ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार गलत साईडबाट बाटो क्रस गर्दा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो ।

बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको तथा घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top