ताजा समाचार


उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

द रियल समाचार     २०७८ बैशाख १२, आईतवार, १८: ४७ मा प्रकाशित




काठमाण्डौ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगित गरेका छन् । उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगित गरेका हुन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै भोलीदेखि लागू हुने गरी उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगित गर्ने निर्णय गरेका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी कोरोना संक्रमित भएको र उनीहरुको सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु स्थगित गरिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top