ताजा समाचार


आइपिएलमा एक ओभरमै ३७ रन !

द रियल समाचार     २०७८ बैशाख १२, आईतवार, १८: ३८ मा प्रकाशित




एजेन्सी । इन्डियन प्रिमियर लिग(आइपिएल) मा एक ओभरमै ३७ रन बनेको छ । आइपिएलको इतिहासमा एकै ओभरमा बनेको यो अहिलेसम्मकै धेरै रन हो ।

चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेलमा यस्तो रेकर्ड बनेको हो । चेन्नईका रविन्द्र जडेजा एक्लैले २०औँ ओभरमा ३६ रन प्रहार गरेका हुन् । एक रन नो बलको रुपमा प्राप्त भयो ।

यसअघि आइपिएलको एक ओभरमा सबैभन्दा धेरै ३६ रनको रेकर्ड थियो । ८ मई २०११ को रेकर्ड आजको खेलमा तोडिएको हो । त्यो समय बैंग्लोरमा रहेका क्रिस गेलले कोची टस्कर्स केरलाविरुद्ध ३६ रन प्रहार गरेका थिए ।

जडेजाले १० वर्ष पुरानो रेकर्ड तोडेका छन् । १९औँ ओभर सकिँदा चन्नईको स्कोर १५४ रन थियो क्रिजमा कप्तान घोनी र जडेजा थिए । ३ ओभर बलिङ गर्दा जम्मा १४ रन दिएर ३ विकेट लिइसकेका हर्सल पट्टेल बलिङमा थिए ।

२०औँ ओभरमा स्ट्राइकमा रहेका जडेजाले लगातार २ बलमा छक्का प्रहार गरे । त्यसपछि हर्सलले नो बल फाले त्यसमा पनि जडेजाले छक्का प्रहार गरे । नो बलपछिको फ्रि हिटमा पनि उनले छक्का हाने । चौथो बलमा २ रन बनाएका जडेजाले पाचौँ बलमा छक्का र छैटौँ बलमा चौका प्रहार गर्दा ३७ रन बन्यो ।

जडेजा २८ बलमा ६२ रन बनाएर अविजित रहे । सुरुका ३ ओभरमा १४ रन मात्रै दिएका हर्सलले एकै ओभरमा ३७ रन दिएर खराब रेकर्ड राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top