ताजा समाचार


सार्वजनिक कार्यक्रममा सहभागी नहुन सरकारको आह्वान, सबै परीक्षाहरु स्थगित गर्न सिफारिस

द रियल समाचार     २०७८ बैशाख १२, आईतवार, १८: ३१ मा प्रकाशित




काठमाण्डौ । सरकारले कोरोना संक्रमण तिव्रगतिमा फैलिँदै गईरहेकोले सार्वजनिक समारोह र सार्वजनिक स्थलमा हुने कार्यक्रममा सहभागी नहुन सबैसँग आह्वान गरेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो । सूचनामा मन्त्रालयले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बन्न, सार्वजनिक समारोह र सार्वजनिक स्थलमा हुने कार्यक्रमहरु नगर्न÷नगराउन र सहभागी समेत नहुन आह्वान गरेको छ ।

कुनै व्यक्ति वा निकायहरुबाट त्यस किसिमका गतिविधिहरु भएमा खबरदारीसहित कारवाहीको दायरामा ल्याइदिएर सहयोग गर्न समेत मन्त्रालयले आह्वान गरेको छ ।

यसैबिच, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै परीक्षाहरु स्थगित गर्न समेत सिफारिस गरेको छ । आइतबार बसेको बैठकले परीक्षाहरु स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top