ताजा समाचार


आइतबार देशभर ३१२२ जनामा कोरोना संक्रमण पुष्टि, २८ को मृत्यु

द रियल समाचार     २०७८ बैशाख १२, आईतवार, १७: ०७ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ३२ र एन्टिजेन विधिबाट ९० जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार गत बिहीबारदेखि आजसम्म ३५ हजार ६ सय १६ जनामा कोरोना परीक्षण गरिएको थियो । जसमा १० हजार ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण तीव्र गतिमा बढेसँगै नेपालमा सक्रिय संक्रमित संख्या पनि तीव्र गतिमा उकालो लागेको छ । आइतबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी ९२९२ पिसिआर परीक्षण गरिएको छ । ७८६ को एन्टिजेन परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ३ लाख ११९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् । देशभर कोरोनामुक्त हुने दर ९२.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरमा २८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top