ताजा समाचार


धनुषामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा २ युवकको मृत्यु, एक युवक गम्भीर घाइते

द रियल समाचार     २०७८ बैशाख १२, आईतवार, १६: ४६ मा प्रकाशित




जनकपुरधाम । धनुषामा तिव्रगतिमा रहेको दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परि एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्लाको मिथिला नगरपालिका–८ कुसुमविसौनाका २६ वर्षीय सुनिल शर्मा र २० वर्षीय भोला महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिएका छन् । मृत्यु हुने दुबै मोटरसाइकल चालक हुन् ।

तिव्रगतिमा रहेको प्रदेश २–०२–००२ प ६०३६ र प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकल आइतबार दिउँसो करिब १ बजे एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका दुबै युवकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एकजनाको बाटोमा र अर्काको जानकी हेल्थकेयरमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकलको पछाडि बसेका २५ वर्षीय संन्तोष महतो गम्भीर घाइते भएका छन् । उनको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

मृतक दुबैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top