काठमाण्डौ । सरकारले तत्काल देशभर लकडाउन नगर्ने भएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा यस विषयमा छलफल भएको थियो । त्यो छलफल पछि पत्रकारहरुसँग कुराकानी गर्दै परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।
उनले लकडाउनले कोरोना संक्रमणको जालो तोड्ने भएपनि यो दीर्घकालीन समाधान नभएको बताए । उनले भने, ‘कोरोना संक्रमण रोक्न लकडाउन नै दीर्घकालीन समाधान होइन । कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौँ ।’
उनले सबैजनाले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया