ताजा समाचार


सहिद दुर्गानन्द झा स्मृति अस्पतालको शिलान्यास

द रियल समाचार     २०७८ बैशाख १२, आईतवार, १४: ३३ मा प्रकाशित




जनकपुरधाम । धनुषाको जटहीमा सहिद दुर्गानन्द झा स्मृति अस्पतालको शिलान्यास गरिएको छ ।

जिल्लाको नगराईन नगरपालिका–२ जटहीमा जसपाका वरिष्ठ नेता एवं धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले सुविधासम्पन्न सहिद दुर्गानन्द झा स्मृति अस्पतालको शिलान्यास गरेका हुन् ।

१ करोड १४ लाखमा ठेक्का लागेको उक्त हस्पिटलको एक युनिट आपतकालिन उपचार कक्ष तथा ल्याव परिक्षणको भवन निर्माणका लागि नेता महतोले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै नेता महतोले आफु निर्वाचनको प्रचार पनि सहिद झाकै स्मारकबाट गरेको भन्दै अस्पताल निर्माणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । उनले आफ्नो संसदीय विकास कोषको रकमबाट अस्पताल बनाउन लागेका छन् ।

कार्यक्रममा सामाजिक विकासमन्त्री नवल किशोर साह, सहिद दुर्गानन्द झाकी धर्मपत्नी पुर्वमन्त्री काशी देवी झा, प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख लाल किशोर साह, जिल्ला समन्वय समितिका उपसभापति दिपक झालगायत जसपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top