ताजा समाचार


बरिष्ठ कलाकार श्रेष्ठ अस्पताल भर्ना

द रियल समाचार     २०७८ बैशाख १२, आईतवार, १३: २६ मा प्रकाशित




काठमाण्डौ । कोरोना संक्रमणपछि होमआइसोलेसनमा बसिरहेका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

छातीमा समस्या देखिएपछि श्रेष्ठलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । चिकित्सकको सल्लाह अनुसार श्रेष्ठलाई शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

श्रेष्ठका परिवारका सबै सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो । श्रेष्ठकी छोरी सराना श्रेष्ठ र उनलाई छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । सरानालाई भने सामान्य अवस्था रहेको भन्दै डिस्चार्ज गरिएको छ ।

अस्पताल भर्ना भएको पनि बुवाको अवस्था आत्तिनु पर्ने नभएको सरानाले बताएकी छन् । सराना लगायत छोरा यमन, बुहारी रिंकु कोरोना संक्रमणका कारण होम–आइसोलेसनमा छन् । उनीहरुलाई वैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top