ताजा समाचार


जनकपुरमा गुडिरहेको गाडी डिभाइडरमा ठोक्किँदा आगलागी

द रियल समाचार     २०७८ बैशाख ११, शनिबार, १९: ०७ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधाममा गुडिरहेको गाडी सडकमा रहेको डिभाइडरमा ठोक्किँदा आगलागी भएको छ ।

आज साँझ करिब पौने ७ बजे जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी गुडिरहेको प्रदेश ३ ०१ ०२४ च ८९१८ नम्बरको हायस गाडी डिभाइडरमा ठोकिएर दुर्घटनाग्रस्त हुँदा आगो लागेको हो ।

गुडिरहेको गाडी भित्र ग्यासका सिलिण्डरहरु रहेको र डिभाइडरमा ठोक्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

दुर्घटनामा परि गाडी भित्र सवार रहेका १३ जना मध्ये दुईजना घाइते भएका छन् । गाडीको ९० प्रतिशत भाग भने जलेको छ । गाडीमा आगलागी भएको १५ मिनेट पश्चात प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ ।

उक्त गाडी भने जन्ती लिएर धनुषाको महेन्द्रनगरबाट युदुकुहा गईरहेको डिएसपी मिश्रले बताए । गाडीका चालक फरार रहेकोले उनको खोजी कार्य सुरु गरिएको उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top