ताजा समाचार


कोरोना खोपको दुबै डोज पुरा गरेका चिकित्सक संक्रमित

द रियल समाचार     २०७८ बैशाख ११, शनिबार, १६: ५० मा प्रकाशित




काठमाण्डौ । नेपालमा कोरोना खोपको दुबै डोज पुरा गरेका व्यक्ति पनि कोरोना संक्रमित भएका छन् ।

कोरोना खोप लगाएका ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपाल कोरोना संक्रमण देखिएको हो । उनले वैशाख ८ गते दोस्रो डोज खोप लगाएका थिए । उनीसँगै उनकी पत्नी पनि कोरोना संक्रमित भएकी छिन् ।

उनीहरुले शुक्रबार काठमाडौंको केएमसी अस्पतालमा कारोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो । नेपाल सरकारले अग्रपंक्तिमा खटिने नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाएको थियो । चिकित्सक नेपालले पहिलो चरणमै पहिलो डोजको खोप लगाएका थिए ।

डा. नेपाल स्वयंले कोभिड–१९ को प्रकोपका बेला प्लाज्मा थेरापीबाट धेरै संक्रमितलाई निको पारेका थिए । दुवै डोज खोप लगाए पनि कोरोना संक्रमणको जोखिम कायम रहन्छ भन्ने डा. नेपालमा कोरोना देखिनुले पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top