ताजा समाचार


काठमाण्डौ उपत्यकामा कम्तीमा एक महिना लकडाउन गर्न सिफारिस

द रियल समाचार     २०७८ बैशाख ११, शनिबार, १६: १८ मा प्रकाशित




काठमाण्डौ । काठमाण्डौ उपत्यकामा कम्तीमा एक महिना लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । कोरोना महामारीको अवस्था गम्भीर बन्न लागेको भन्दै मन्त्रालयले कम्तीमा एक महिना लकडाउन गर्न सिफारिस गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा यसबारे मन्त्रालयले प्रस्ताव गरेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयले कोरोना संक्रमणको अवस्था हेरेर लकडाउन अनिवार्य भएको उनले बताए ।

मन्त्रालयको प्रस्तावबारे सीसीएमसीले आज प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न लागेको छ । प्रवक्ता गौतमले उपत्यकामा कोरोना नियन्त्रणका लागि लकडाउन गर्नुको विकल्प नभएको बताए । लकडाउन नगरे स्थिति नियन्त्रणबाहिर जाने उनको भनाइ छ ।

डा. गौतमले भने, ‘हामीसँग भएका स्रोत साधनले अहिलेको सामान्य अवस्थामा त थेग्न सक्छ । तर, भारतकै जस्तो अवस्था आउने जोखिम बढी छ । त्यो भयो भने हामी फेलियर हुन्छौं । हाम्रो प्राथमिकता आमनागरिकको ज्यानको सुरक्षा गर्नु हो ।’

सबैजनाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरेकोले फेरि लकडाउन गर्नुपर्ने अवस्था आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top